भारतीय क्वारेन्टाइनबाट निकालिए नेपाली मजदुर, गर्भवती महिलासहित खुला आकाशमुनि भोक भोकै बस्न बाध्य

कञ्चनपुर – भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पु¥याएर छाडिएको जनाइएको छ ।

सीमानाकामा प्रवेश पाउने आशामा ती मजदुर महाकाली नगरपालिकाको बाबाथान आउन थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले लखेटेर खटिमा पु¥याएका थिए । सो स्थानमा अलपत्र परेका ती मजदुरलाई भारतीय कँग्रेस आइका उत्तराखण्ड प्रदेशका सचिव भुवन कापरीले खानाको व्यवस्था मिलाएका थिए । शनिबार राति बसमा राखेर मजदुरलाई पुनः रुद्रपुर पु¥याइएको छ । रातभरि खुला आकाशमुनि बस्नुपरेको मजदुरले जनाएका छन् । ती मजदुरमा अधिकांश कञ्चनपुर, कैलाली र डडेल्धुराका बासिन्दा रहेका छन् । उनीहरुले आफूहरुलाई खानाको समस्या परेकाले उद्धार गरिदिन आग्रह गरेका छन् । अलपत्र परेका मजदुरमा यहाँको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किशोर टमाटाकी गर्भवती श्रीमती कविता समेत रहेकी छिन् । कैयौँ दिनदेखि भोकभोकै बस्नुपरेको छ, उनले भने, ‘श्रीमतीको सुत्केरी हुने दिन नजिकिँदै गर्दा निकै समस्यामा परेका छौं । मर्नु न बाँच्नुको अवस्थमा पुगेका छौँ ।’

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय समकक्षीसँग नेपाली मजदुर अलपत्र परेका बारे समन्वयको काम भइरहेको जानकारी दिए । पहिले बसेकै क्वारेन्टाइनमा फर्काउनका लागि पहल भइरहेको जानकारी पाएको छु उनले भने, ‘दुवै देशको समझदारीमा सीमा प्रवेश दिने कुरा हो । भारतीय पक्षको नेपाली मजदुरलाई लगि दिएहुन्थ्यो भन्ने मनसाय रहेको पाएको छु ।’

‘दुवै देशका नागरिक जुन ठाउँमा छन् । त्यसै ठाउँमा बस्न दिने भन्ने समझदारी भएको छ । भारतले क्वारेन्टाइनबाट नेपालीलाई निकाल्नु हुँदैन । हामीकहाँ समेत भारतीय नागरिक क्वारेन्टाइनमा बस्दै आएका छन् । यसबारे भारतीय पक्षसँग कुराकानी भइरहेको छ । के भएको रहेछ बुझने प्रयासमा छौँ’, प्रजिअ खतिवडाले भने । यहाँ रहेका भारतीयको विवरण भारतीय पक्षले मागेको हुँदा विवरण तयार गरी उनीहरुलाई दिइने उनले बताए । रासस 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्