शिक्षा, नेतृत्व र सामाजिक सेवामा लामो अनुभव
बैतडी: सेटी गाउँ बहुमुखी क्याम्पस, गोकुलेश्वरको आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कृष्ण सिंह रावलको नेतृत्वलाई व्यापक समर्थन प्राप्त भइरहेको छ। विद्यार्थी समुदाय, स्थानीय अभिभावक, नेपाली कांग्रेस, नेविसंघ, अखिल क्रान्तिकारी लगायत विभिन्न निकायले उनको नेतृत्व क्षमताप्रति विश्वास व्यक्त गर्दै अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।
विद्यार्थी, शिक्षा र समाजका लागि समर्पित नेतृत्व
कृष्ण सिंह रावल सानै उमेरदेखि विद्यार्थी हकहित, शैक्षिक सुधार र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। नेतृत्व क्षमता, संघर्षशीलता र सकारात्मक परिवर्तन ल्याउने इच्छाशक्ति भएकाले उनी स्ववियु सभापतिका लागि उपयुक्त उम्मेदवारका रूपमा उभिएका छन्।
रावलको नेतृत्वमा भएका मुख्य योगदानहरू
१) शैक्षिक अभियान र विद्यार्थी हकहितका संघर्षहरू
- श्री मालिकार्जुन मा.वि.मा नेविसंघ इकाई अध्यक्ष हुँदै नेविसंघ जिल्ला कार्यसमिति सचिवसम्म जिम्मेवारी बहन।
- दुर्गम क्षेत्रमा गएर शैक्षिक जागरण अभियान सञ्चालन, विद्यार्थी भर्ना तथा छात्रवृत्तिमा पहुँच वृद्धिका लागि पहल।
- अपांग, गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीहरूका लागि सहयोग संकलन अभियान।
- क्याम्पस प्रशासनसँग सहकार्य गर्दै शैक्षिक सुधारका लागि प्रभावकारी पहल।
२) सामाजिक सुधारका नेतृत्वदायी कार्यहरू
- बाल विवाह तथा बाल श्रम उन्मूलनका लागि अभियान सञ्चालन।
- टोल, विद्यालय र मन्दिर सरसफाइ अभियान सञ्चालन।
- जेष्ठ नागरिक तथा असहायहरूलाई फलफुल वितरण तथा सहयोग कार्यक्रम।
- धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा नेतृत्वदायी भूमिका।
- जाँडरक्सी, जुवा तथा कुलत विरुद्ध जनचेतनामूलक अभियान।
३) लोकतन्त्र, विद्यार्थी नेतृत्व र संगठनात्मक अनुभव
- बी.पी. अध्ययन प्रतिष्ठान बैतडीका महासचिव भएर लोकतान्त्रिक विचारधाराको प्रवर्धन।
- नेपाली कांग्रेस दार्चुला (ख) क्षेत्रीय प्रतिनिधिका रूपमा कार्य गर्दै संगठन सशक्तीकरण।
- स्थानीय स्तरमा नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि।
विद्यार्थीको भविष्य सुनिश्चित गर्न सशक्त नेतृत्व आवश्यक !
क्याम्पसमा शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत सुधार, विद्यार्थी हकहितको सुनिश्चितता तथा समग्र विकासका लागि सशक्त नेतृत्व आवश्यक रहेको छ। त्यसैका लागि विद्यार्थीहरूबीच लोकप्रिय, सामाजिक तथा शैक्षिक परिवर्तनका लागि अडान लिने युवा कृष्ण सिंह रावलको नेतृत्व अपरिहार्य देखिन्छ।
चैत ५ गतेको स्ववियु चुनावमा अत्यधिक मतले जिताउने अपिल
विद्यार्थीका हकहित संरक्षण, गुणस्तरीय शिक्षाको सुनिश्चितता, नेतृत्व विकास, संस्थागत सुधार तथा क्याम्पसको समग्र उन्नतिका लागि कृष्ण सिंह रावललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
“सक्षम नेतृत्व, शिक्षाको सुधार – जिम्मेवार स्ववियु, विद्यार्थीको अधिकार !”