लियोनल मेस्सी सहित उनका सहकर्मीहरु प्रशिक्षणमा फर्किए

In this photo provided by FC Barcelona, Lionel Messi trains in Barcelona, Spain, on Friday May 8, 2020. Soccer players in Spain returned to train for the first time since the country entered a lockdown nearly two months ago because of the coronavirus pandemic. (Miguel Ruiz/FC Barcelona via AP)

काठमाडौं – स्पेनिस क्लव बार्सिलोनाले खेल प्रशिक्षण शुरु गरेसँगै क्लवका स्टार खेलाडी लियोलन मेस्सी सहित उनका सहकर्मीहरु प्रशिक्षणमा फर्किएका छन् ।

कोरोना भाइरस कोभिड(१९ को संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण बन्द भएको प्रशिक्षण सरकारको अनुमतिसँगै पुनः शुरु भएको हो ।

बार्सिलोनाले हिजोबाट खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएर अभ्यास शुरु गराएको बताएको छ । क्लवका डिफेन्डर स्यामुअल उमटिटी नलीखुट्टामा लागेको चोटका कारण प्रशिक्षणमा आउन नसकेपनि बाँकी खेलाडीहरु भने उपस्थित भएका छन् ।

स्पेनमा स्थगित लिग ला लिगा अर्को महिनाबाट पुनः शुरु गर्ने तयारी गरिएसंगै क्लवहरुले आफ्ना खेलाडीहरुलाई अभ्यासका लागि बोलाएका छन् । गत मार्च महिनामा लिग स्थगित हुदाँ रियाल मड्रिड भन्दा बार्सिलोना दुई अंकले अगाडि रहेको छ । लिगमा अझै ११ वटा खेल खेल्न बाँकी छ । NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्