गाउँ गाउँ पुगेर किताब वितरण

सुशील सुवेदी
सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी गाउँपालिका ३ का विद्यार्थीलाइ गाउँ गाउँ पुगेर किताब वितरण गरिएको छ ।

वडा शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरुले वडाका १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको घरमै गएर आजबाट किताब वितरण सुरु गरेको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए ।

वडामा ८ विद्यालयमा छ सय विद्यार्थी अध्यनरत छन । विद्यालयले पुस्तकहरु किनेर गाडी लिइ गाउँ गाउँ पुगेर किताब वितरण गरेको हो । विद्यालयले अहिले आफैले पुस्तक खरिद गरेपनि पछि सरकारले अनुदान दिएपछि शोधभर्ना गरिने रिसालले जानकारी दिए । भर्ना संख्याका आधारमा पुस्तक वितरण गरिएका रिसालले बताए । १ देखि १० सम्म स्वत भर्ना गरिएको र ६ र ९ को हकमा भने अन्य विद्यालयबाट आउनेले सम्बन्धित विद्यालयको सबै तथ्यांक ल्याएर भर्ना गरिएको थियो ।

त्यस्तै घरघरमा पुगेर शिक्षण सिकाईको लागि समन्वय गरिने पनि उनले जानकारी दिए । सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा छलफल गरिने अध्यक्ष रिसालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्