नेपालको भूमी अतिक्रमण बारे समाजवादी युवा संघको आपत्ति, कश्मिरमा भन्दा लिपुलेकमा भयंकर परिणाम भोग्नु पर्ने चेतावनी

काठमाडाैँ –  भारतले नेपालको लिपुलेक हुदै मानसरोवर जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेको प्रति समाजवादी युवासंघको ध्यानाकषण भएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै संघले भारतको मिचाहा प्रवृत्तिले बेला बेला नेपाली भूमीमाथी अतिक्रण हुने गरेको जनाएको छ । समाजवादी युवा संघका महासचिव जितेन्द्र महाराद्वारा जारी विज्ञप्तिमा भनिएको छ–“चरणबद्ध रुपमा नेपालको भूमी अतिक्रमण गर्ने भारतीय विस्तारवादको सामाजवादी युवा संघ घोर भत्र्सना गर्दछ साथै व्यापारिक नाफाको लागि नेपाली भूमी लिपुलेक हुदै व्यापारिक नाका खोल्न सहमति गरेर भारतलाई अतिक्रमणको सुविधा प्रदान गर्ने चीन सरकारको व्यापारिक रवैयाको पनि युवा संघ विरोध गर्दछ ।”
नेपाली भूमी फिर्ता नगरे भविष्यमा भारतले कश्मिरमा भन्दा लिपुलेकमा भयंकर परिणाम भोग्नु पर्ने चेतावनी पनि संघले दिएको छ ।
भारतले नेपाली भूमी लिपुलेक हुदै मानसरोवर जाने सकड खोलेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्