सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती थाल्यो

बैतडी – अवैधरुपमा भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँगको सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती थालेको छ ।
भारतसँग सीमा जोडिएको जिल्लाको ६१ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती शुरु गरेको हो ।

भारतबाट महाकाली नदीमा ट्युबमार्फत स्वदेश भित्रिनेक्रम नरोकिएकाले संयुक्त गस्ती शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । सीमाक्षेत्रमा अवैधरुपमा भित्रिन नदिन २४ घण्टा गस्ती गरिन लागिएको उनले बताए । यसअघि भारतसँग सीमा जोडिएका जिल्लाका छ ठाउँमा सशस्त्र प्रहरीले पोष्ट खडा गरी सुरक्षा दिइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए ।

सीमा क्षेत्रमा संयुक्त गस्ती गरेर कडाइ गरिएको भनिए पनि सुरक्षाकर्मी छलेर नेपाल भित्रिनेक्रम भने रोकिएको छैन । गएराति मात्रै दुई जना दैलेखका र एक जना मुगुका गरी तीन जना महाकाली तरेर भित्रिएका छन् । उनीहरु दशरथचन्द नगरपालिका खडेनीबाट महाकालीबाट ट्युबमार्फत आएका प्रहरीले जनाएको छ । – रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्