काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटिको आयोजनामा भएको दोस्रो छात्रा जुनियर फुटबल प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरीको खेल मैदानमा प्रगियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधी निर्मल ज्योतीले हात पार्न सफल भएको छ, यसै गरी दोस्रोमा ग्रिनवीच ऐकेडेमी र तेस्रो स्थान गणेश हिमाल स्कुलले हात पारेका छन् ।
खेलमा कक्षा ७ सम्मका छात्राहरुको सहभागिता रहेको थियो । नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटिमा आवद्ध विद्यालयहरुले खेलमा सहभागिता जनाएका थिए ।
कार्यक्रमकाे अध्यक्षता नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटिका अध्यक्ष रञ्जन न्यौपानेले गरेका थिए । यसैगरी प्रमुख अतिथी कागेश्वरी मनोहरा नगरपालिका -९ का वडा अध्यक्ष अनिल थापा रहेका थिए भने विशिष्ट अतिथीमा नेशनल प्याब्सन काठमाडौँ जिल्लाका उपाध्यक्ष प्रेमकुमार भुजेल रहेका थिए । नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटिका सचिव राजिव सेढाइले कार्यक्रम संचालन गरेका थिए ।