माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने

काठमाडौं – नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएकाे हाे ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएकाे छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ । उनका अनुसार फागुन ९ गते साे भेला हुने भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्