काठमाडौँ – गलैनाथ माध्यमिक विद्यालय झरकाँडाको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ माध्यमिक विद्यालय झरकाँडाको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
कार्यक्रममा प्रध्यानाध्यापक जयधन जोशीले विद्यालयको आयव्यय विवरण प्रस्तुत गरेका थिए । प्रधानाध्यापक जोशीका हाल विद्यालयको चल्ती खातामा ६ लाख ४० हजार, मुद्धती खातामा २४ लाख ४ हजार र मातृभुमी अक्षयकोष खातामा १६ लाख रुपैयाँ बचत रहेको छ ।
विद्यालयमा सांस्कृतिक र पुरस्कार बितरण लगायतका कार्यक्रम गर्दै वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनराम जोशीको अध्यक्षता एंव शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको समारोहमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट, शिक्षा शाखा प्रमुख बल्देब भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, वुद्दिजीवी लगायत शिक्षाप्रेमीहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।