रेलले किचेर मृत्यु भएका सबै मध्यप्रदेशका, मृतकका परिवारलाई ५/५ लाख क्षतिपुर्ति दिइने

काठमाडौं – भारतको महाराष्ट्र प्रान्त स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका मजदुरहरू राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ । रेलमन्त्री गोयलका अनुसार चालकले मजदुरहरू लिगमा सुतिरहेको देखेपछि रेल रोक्ने प्रयास गरेका थिए । तर, उनले मजदुरहरूलाई बचाउन भने सकेनन् ।

भारतीय सञ्चार माध्यम आजतकका अनुसार मर्ने कामदारहरू सबै मध्य प्रदेशका हुन् र महाराष्ट्रको जालनामा एसआरजी कम्पनीमा कार्यरत थिए । उनीहरु ५ मे मा जालनाबाट यात्रा गर्दै घर तर्फ हिडेका थिए । सुरुमा उनीहरु सडकमा यात्रा गरिरहेका थिए भने पछि रेलको ट्रयाकमा हिड्न थालेकाे बताइएकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै रेलमन्त्रीलाई आवश्यक सबै सहयोगको लागि निर्देशन दिएको बताएका छन् । मध्य प्रदेशका मुख्यमंत्री शिवराज सिंह चौहानले सबै मृतकका परिवारलाई ५–५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् र घाइतेको उपचार भइरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्