अर्किड कपको नवौँ संस्करण आगामी फागुन २ गतेबाट सुरु हुने

काठमाडौँ – अर्किड कपको नवौँ संस्करण आगामी फागुन २ गतेबाट सुरु हुने भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष आयोजना हुने अर्किड कप फुटवल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन २ गतेबाट सुरु हुने भएको हो ।

सेभेन ए साईड मार्फत खेलिने खेलमा कक्षा सातसम्मका १३ बर्ष ननाघेका विद्यार्थी हुनु पर्नेछ साथै खेलाडिको जन्म दर्ता र स्कुल आईडी कार्ड अनिवार्य गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट चार समुहलाई नगद, ट्रफि, मेडल सहित प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यालय टीमलाई क्रमशः ३५ हजार, २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिने आयोजक विद्यालयक अर्किड स्कुलका निर्देशक प्रेम कुमार भुजेलले जानकारी दिए ।
यस सिजनमा फेयर प्ले अवार्ड, वेष्ट प्लेयर अवार्ड र म्यान अफ दि म्याच अवार्ड पनि वितरण गरिने आयोजक विद्यालयले जनाएको छ ।
माघ २८ गते सम्म खेलमा सहभागि हुने विद्यालयले आफ्नो विद्यालयको नाम दर्ता गराइसक्नु पर्नेछ । माघ ३० गते टाई सिट निकालिने आयोजक विद्यालयले जनाएको छ । खेलमा सहभागिता जनाउन ६ हजार शुल्क तोकिएको छ । खेल आयोजक अर्किडको खेल मैदानमा खेलाइने छ । फागुन १० गते खेलको समापन गरिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्