घोराही – गुरुकुल एकेडेमी र लुम्बिनि फुटबल एकेडेमी घोराही बिच साझेदारी साम्झौता भएको छ । दुबै संस्था बिच आपसि समझदारीमा सम्झौता पत्रमा राखिएका शर्तहरु पालना गर्ने सहमति गरीएको छ । दुई समूह बीच शैक्षिक तथा खेलकुद क्षेत्र बिकासको लागि टेवा पु¥याउने उद्धेश्यले सम्झौता भएको हो । सम्झौतापत्रमा गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसि र लुम्बिनि फुटवल एकेडेमीका निर्देशक समिर वलीले हस्ताक्षर गरेका छन् । साझेदारी सम्झौता दुबै संस्थाको लगानि हुने गरी गरीएको छ । फुटवल र खेलाडिको प्रवर्धन गर्ने , उच्च स्तरीय कोचिङ तथा तालीमको अवशरहरु प्रदान गर्ने , दुबै संस्थाको सम्बन्ध सुधार गर्ने लगायतका उद्धेश्य राखेर सम्झौता गरीएको गुरुकुल एकेडेमी घोराही प्रधानाध्यापक डाक्टर कृष्णराज डिसिले जानकारी दिए ।
गुरुकुल एकेडेमीले फुटवल खेलको लागि आवश्यक बिभिन्न खेल सामग्रिहरु , आवश्यकता अनुसार यातायातको सेवा प्रदान गर्ने गरी हस्ताक्षर भएको छ भने लुम्बिनि फुटवल एकेडेमीले तालिकाको आधारमा सर्टिफाइड कोच प्रदान गर्ने , बिभिन्न खेहरुमा गुरुकुलको ब्रान्ड प्रयोग गर्ने तथा बरिष्ट खेलाडि तथा बिदेशि खेलाडिहरुसंग गुरुकुलका विद्यार्थि खेलाडिहरुसंग अन्तकृया गर्ने गरी हस्ताक्षर गरिएको छ । सम्झौताले दाङमा खेलक्षेत्रमा नँया आयाम थप्ने संस्थाको भनाई छ । अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्ड प्राथमिकताका राखेर कार्य सञ्चालन गर्ने भएको हो । साझेदारी सम्झौताले दुबै संस्थालाई निकै फाइदा पुग्ने प्रमुखहरुको दावि छ । गुरुकुल एकेडेमी दाङ जिल्लाको स्थापित विद्यालय हो ।