भारतमा कोरोनाको अवस्था भयावह बन्दै, संक्रमितको संख्या ५२ हजार नाघ्यो १७ सय भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार नाघेको छ ।
वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा ५२ हजार ३ सय ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतमा यो भाइरसबाट ज्यान गुमाउनेको संख्या १७ सय ६८ पुगेको छ भने झण्डै १५ हजार उपचार पछि निको भएका छन् । विश्वका सबै भन्दा बढी कोरोना प्रभावित मुलुकहरुमध्ये भारत तेह्रौ स्थानमा छ । तर दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्