नेकपा मेलम्ची नगर कार्यादलद्वारा २ लाख ८७ हजार स्थानिय विपद् ब्यवस्थापन कोषलाई हस्तान्तरण

सुशील सुवेदी
सिन्धुपाल्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यादलले नगर मातहतको संक्रमण नियन्त्रण कोषमा २ लाख ८७ हजार १ सय ६६ रुपैंया हस्तान्तरण गरेको छ ।

नगर भित्रका १३ वडा र कार्यदलका सदस्यहरुबाट सो रकम संकलन गरी नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याललाई हस्तान्तरण गरिएको हो । मेलम्ची नगर कार्यादलका संयोजक चन्द्रबहादुर थापाले सो रकम हस्तान्तरण गरेका थिए । १ नं. वडा कमिटीबाट १५ हजार ३ सय, २ नं. वडा कमिटीबाट १५ हजार, ३ नं. वडा कमिटीबाट ७ हजार, ४ नं. वडा कमिटीबाट १५ हजार, ५ नं. वडा कमिटीबाट २० हजार १ सय १५, ६ नं. वडा कमिटीबाट २५ हजार, ७ नं. वडा कमिटीबाट ६ हजार रुपैंया संकलन भएको थियो ।

त्यस्तै ८ नं. वडा कमिटीबाट १० हजार, ९ नं. वडा कमिटीबाट १७ हजार, १० नं. वडा कमिटीबाट ११ हजार १ सय, ११ र १२ नं. वडा कमिटीबाट ४० हजार ४ सय ४० र १३ नं. वडा कमिटीबाट २२ हजार १ सय १० रुपैंया संकलन गरिएको थियो ।
मेलम्ची नगर कार्यादलको तर्फबाट संयोजक चन्द्रबहादुर थापाले ५ हजार, डम्बरबहादुर अर्यालले १० हजार, भगवति नेपालले ५ हजार, उपमेयरको तर्फबाट ४ हजार, उद्दान आलेमगरले ५ हजार, घननाथ पराजुलीले ५ हजार ५ सय ५५ र गोपाल नेपालले ५ हजार रुपैंया संकलन गरिएको थियो ।

रकम हस्तान्तरण गर्दै सहयोग प्रदान गर्ने वडा कमिटी, कार्यादल र सहयोगी सबैलाई कार्यादलको तर्फबाट संयोजक चन्द्रबहादुर थापाले धन्यवाद ज्ञापन गरे । उनले कोरोनाको कारण आउने समस्यालाई न्यूनिकरण गर्न नगरले पहल गर्नुपर्नेमा जोड दिए । ‘नगरले अब उत्पादनमा जोड दिँदै कृषि सामग्री, बीउ, मलको व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ’, थापाले भने– ‘सामाजिक दूरी कायम गर्दै कृषि उत्पादनमा जोड नदिए खाद्य संकट आउन सक्छ ।’
कोरोनाको संक्रमणबाट बँच्न सबै एकजुट हुनुपर्ने धारणा राख्दै संयोजक थापाले लकडाउनको पूर्ण पालना गर्न नागरिकहरुलाई अपिल समेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्