तातोपानी नाकाबाट निर्वाध रुपमा चिनियाँ सामाग्री आयात गर्न दिने सहमति

सुशील सुवेदी
सिन्धुपाल्चोक – सामाग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने शर्त सहित तातोपानीबाट सबैखाले चिनियाँ सामाग्रीको निर्बाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन् ।

आज तातोपानी भन्सार, उद्योग वाणिज्य संघ, नेपाल सिमापार व्यापार संघ भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा लगायत विभिन्न व्यक्तिहरुसँग नाकामा बसेको बैठकमा चिनियाँ सामाग्री आयातमा अवरोध नर्पुयाउने सहमति जुटेको हो ।

चिनियाँ सामाग्रीको आयात गर्दा अब कुनै अवरोध नपुर्याउने सहमति भएको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । आज आठ कन्टेनर कृषिजन्य सामाग्री नाका आइपुगेका छन् । बिहीबार नेपाली सेनाको सुरक्षा सामाग्री आउँदै छ,’ प्रमुख भन्सार अधिकृत खत्रीले भने ।
स्थानीयले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्छ भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै हालतमा काठमाडौं जान नदिने बताउँदै भन्सार गेटमा धर्ना दिदै आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्