कोरोना भाइरसबाट इटाली भन्दा बेलायतमा धेरैको मृत्यु, विश्वभरी ३७ लाख भन्दा धेरै संक्रमित

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण इटलीमा भन्दा बेलायतमा धेरै व्यक्तिको मृत्यु भएको छ ।

वल्ड्रोमिटर्सको पछिल्लो तथ्यांकअनुसार बेलायतमा २९ हजार ४ सय २७ र इटलीमा २९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । बेलायतमा मृत्यु भएकाहरुको संख्या इटलीको भन्दा ११२ ले बढी हो ।

कोरोना संक्रमितको संख्या भने इटलीमा धेरै छन् । इटलीमा २ लाख १३ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ भने बेलायतमा संक्रमितको संख्या १ लाख ९४ हजार ९९० छ ।

विश्वभर ३७ लाख २४ हजार ५ सय १८ जना कोरोना संक्रमित रहेको वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । यस्तै २ लाख ५८ हजार २७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

कोरोनाको उपचारपछि निको हुनेहरुको संख्या १२ लाख ४० हजार ७०५ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्