कार्ल माक्स एक हजार वर्षयताकै महान् दार्शनिकः प्रचण्ड

फाइल फाेटाे

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउँदै सर्वहारा वर्गले मात्र होइन, उनको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताएका छन् ।

उनले महान् दार्शनिक माक्र्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरेका छन् । अध्यक्ष दाहालले २१औँ शताब्दीमा माक्र्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको स्पष्ट पारे ।

विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरीखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरे । उनले माक्र्सको जन्मदिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्