प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाललाई भेटे लगत्तै खनालसँग पनि भेटे

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले मंगलबार मात्रै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता र छलफल गरेका छन् ।

मंगलबार बिहान प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका ओलीले लगत्तै अर्का नेता खनालसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । नेताहरुसँगको छलफलमा ओलीले पार्टी्भित्र देखिएको समस्या र विकसितघटनाक्रमबारे छलफल गरेका थिए । अध्यादेश प्रकरणपछि ओलीको राजीनामा माग्ने मध्येमा नेता खनाल पनि एक हुन् ।

यद्यपि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने माधव नेपालले प्रधानमन्त्रीलाई नभेटेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्