बुटवलमा एक पुरुष र एक महिलाले एकै पटक गरे आत्महत्या

सांकेतिक तस्बिर

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । श्रेष्ठका श्रीमती र छोरा तथा खड्काका श्रीमान् र छोरा रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।
दुवै बुटवलमा बस्दै आएका थिए । –रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्