नेकपा कञ्चनपुरको कार्यालयमा ओली समूहको ताला, प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप

नेकपा कञ्चनपुरको कार्यालयमा ओली समूहको ताला, प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप कञ्चनपुर — नेकपाको कञ्चनपुर पार्टी कार्यालयमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले ताला लगाइदिएपछि विवाद बढेको छ । दाहाल-नेपाल समूहले आइतबार जिल्ला कमिटीको विस्तारित बैठक आह्वान गरेपछि ओली समूहले कार्यालयमा ताला लगाइदिएको थियो । ताला तोड्ने क्रममा प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडपसमेत भएको […]

दशकौंपछि बल्ल लालपुर्जा

महोत्तरी । ‘याह जिनगीमें लालपुर्जा भेटगेल’ (यसै जन्ममा लालपुर्जा पाइयो) आफ्नो घरबासको जग्गाको लालपुर्जा पाएपछि दङ्ग पर्नुभएकी महोत्तरीको गौशाला नगरपालिका–१० बटौवाकी ७० वर्षीया दुखनीदेवी महतोले भन्नुभयो, “हमर नाममे भेटके छल, तब ससुर आ घरवालाके केना भेटित ?” अर्थात मेरा नाउँमा बन्नु रहेछ, अनि मेरा ससुरा र पतिले के पाउँथे र ? शुक्रबार दुखनीसहित गौशाला नगरपालिकाका […]

चैतबाट सुकुम्बासीलाई जग्गाको पुर्जा

कावासोती ।  भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनुभएको छ । आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विवरण र तथ्याङ्क सङ्कलन […]

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन प्रमुख नियन्त्रणमा

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । “हामीले जिप्रकाको आदेशलाई मानेका हौँ ”, प्रहरी प्रवक्ता राकेश थापाले भन्नुभयो, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ […]

जाजरकोटको मकै देशका ठूला शहरमा

जाजरकोट । वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ […]

लोपोन्मुख भाषाको व्याकरण बनाउँदै भाषा आयोग

काठमाडौँ- मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, स्युवा (कागते), मेचे आदि भाषाको व्याकरण निर्माण गरिसकेको छ भने दनुवारलगायत केही भाषाको व्याकरण निर्माण यही आर्थिक वर्षभित्र गर्ने भएको छ । नेपालका भाषाको संरक्षण, संवद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायको […]

हुम्लाः बहुपति प्रथाबाट आजित युवती गाउँ फर्कन मानेनन्, केटालाई विवाह गर्न कठिन

हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ । जिल्लाबाट बाहिर विशेषगरी काठमाडौँ र भारतमा यहाँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन इच्छुक नभएपछि केटालाई विवाह गर्न समस्या पर्न थालेको हो । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका हल्जी गाउँका स्थानीय सोन्दोर्जी तामाङले लिमीमा केटालाई विवाह गर्न समस्या हुन थालेको बताए […]

चिसो मौसममा कोरोनाको उच्च जोखिममा दमरोगी

काठमाडौँ । मानिसमा कोरोना भाइरस सङ्क्रमण भइसकेपछि सबैभन्दा पहिला फोक्सोमा असर गर्दछ । छातीसम्बन्धी रोग लागिसकेका व्यक्तिलाई कोरोना सङ्क्रमणले झनै जटिल बनाउँछ । कोरोनाका कारण मृत्यु हुनेमा पनि दीर्घरोगीहरू पर्ने भएकाले चिसोमा दम रोगीलाई अझ बढी जोगाउनुपर्ने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार पछिल्लो समय दम रोगको समस्याबाट पीडित रहेका मानिस अन्तिम अवस्थामा मात्र अस्पताल […]

बैतडीको पुर्चौंडी नगरपालिकामा कर्मचारी अभावमा इलाका प्रशासनका सेवा पाँच महिनादेखि बन्द

गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन् ।  इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् । गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, “इलाका प्रशासन कार्यालयमा गएको पाँच महिनायता शाखा अधिकृत नहुँदा […]

पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा आगलागी

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ । आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए । यस्तै पाथीभरा क्षेत्रका […]