सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

चितवन- कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायको […]

‘बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्छन्’

महेन्द्रनगर- यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुभयो । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि यहाँका व्यवसायी निराश नै देखिएका छन् । “बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन् ।” […]

सम्झनाको शव उठेन

पत्रपत्रिकाबाट मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल […]

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी र दोसल्लासहित भव्य स्वागत […]

काठमाडौं उपत्यकामा मात्रै ७२४ संक्रमित, संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो यस्तै बितेको २४ घण्टामा देशभर कोभिड–१९ का एक हजार २०७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा […]

मृत्युपछि एक पुरुषमा कोरोना पुष्टि

चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो । मिर्गौलाको दीर्घरोग र श्वासप्रश्वासको समस्या भई हिजो मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ […]

दसैंंको मुखमा मुग्लानतिर, दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा नाकाबाट मात्रै भारत

पत्रपत्रिकाबाट धनगढी – कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा ९होटल०मा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका थिए। यता गुजारा चलाउन गाह्रो भएपछि दसैंको मुखमै भारततिर हिँडेको उनले सुनाए। ‘दसैं र तिहार नजिकै आयो तर […]

धानको मूल्य निर्धारणसम्बन्धी छलफल

जनकपुर- धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा सङ्घीय र प्रदेश सरकार बीच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न छलफलले धानको न्यूनतम मूूल्य निर्धारण गरी सरकारी स्तरबाट खरिद गर्ने सोचाइ बनाएको छ । यसका लागि प्रदेश भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव […]

राष्ट्रिय परिचयपत्रका लागि दार्चुलामा पनि विवरण सङ्कलन शुरु

दार्चुला- जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण सङ्कलन गरी काम शुरु गरिएको हो । सङ्कलन गरिएको विवरण प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समन्वय प्रमुख कार्कीलाई […]

काठमाडौं उपत्यकामा मात्रै ६४५ संक्रमित, पछिल्लो २४ घण्टामा देशभर ६ संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो यस्तै बितेको २४ घण्टामा देशभर १ हजार ३ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ […]