कर्णाली प्रदेश सरकारले राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण गर्ने

कर्णाली प्रदेश सरकारले राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण गर्ने भएको छ । राउटे समुदायका लागि लत्ताकपडा, आवास र पोषणयुक्त खानेकुरा व्यवस्थापन गर्न प्रदेश सरकारले कोष निर्माण गर्ने भएको हो । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ देउरालीस्थित राउटे बस्तीमा शनिबार सामूहिक भोजन गराउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्तो घोषणा गरेका हुन् । कोषबाट प्रदेश सरकारले प्रतिव्यक्ति […]

कञ्चनपुरमा छोराले गरे आफ्नै आमाको हत्या

कञ्चनपुर- घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक […]

दार्चुलाको महाकाली नगरपालिकाका ४२ जना कोरोना संक्रमति डिस्चार्ज

गणेश सिँह धामी, दार्चुला दार्चुलाको महाकाली नगरपालिकाका कोरोना संक्रमति ४२ जना डिस्चार्ज भएका छन् । महाकाली नगरपालिकाले असोज २६ गते गरेको स्वाब संकलनमा कोरोना पोजेटिभ देखिएका ४२ जनाले आज कोरोना जितेका छन् । जसमा शसस्त्र प्रहरी गण दार्चुलाका एसपी नरेन्द्र बहादुर बम सहित १७ जना, नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय दार्चुलाका सभापति गोपाल सिंह महर […]

कञ्चनपुरको बेलडाँडीबाट लागुऔषध र सुनसहित ४ जना पक्राउ

बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट पोष्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३५ […]

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग

डोल्पा – हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदका समयमा हुन सक्ने खाद्यान्न संकटलाई ध्यानमा राख्दै उपल्लो डोल्पाका तीन स्थानीय तहमा कात्तिकभित्रै खाद्यान्न ढुवानीका लागि माग गर्ने निर्णय गरेको हो । उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ […]

पोखरा बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु

पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु भएको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले मुख्य सडकलाई अमेरिकी प्रविधि अस्फाल्ट विधिबाट कालोपत्रे गर्ने भएका हुन् । हालको पीच सडकलाई स्तरोन्नति गरी अस्फाल्ट कालोपत्रे गरिने छ […]

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई असोज २६ गते अस्पताल भर्ना गरिएको थियो । […]

कोरोना रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल, देहिमाडौँ बजार बन्द

बैतडी – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरेको हो । शनिवार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र […]

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट हालसम्म २१ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई/दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक/एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति […]

ह्याण्डपम्पको आर्सेनिक र आइरनयुक्त पानी पीउन बाध्य कञ्चनपुरका स्थानीय

कैलाली र कञ्चनपुरका स्थानीय ह्याण्डपम्पको पानी आर्सेनिक र आइरनयुक्त खानेपानी पिउन बाध्य भएका छन् । विभिन्न समयमा राजनीतिज्ञहरुले घरघरमा शुद्ध खानेपानी पु¥याउने बाचा गरेपनि त्यो बालुवामा पानी जस्तै भएको छ । विगतदेखि नै फोहर पानी पिउदैँ आएका स्थानीयहरु वर्तमान समयमा घण्टै हिँडेर पनि अटोजन बोरिङबाट पीउने पानी बोक्ने गरेका छन् । शुक्लाफाँटा नगरपालिकामा स्वच्छ खानेपानीको […]