स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी

रुपन्देही – स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले डीपीआर निर्माणको जिम्मा पाएको छ । अबको आठ महिनाभित्र डीपीआर सम्पन्न हुने बताइएको छ । प्रारम्भिक सर्वेक्षणबाट रेल्वे निर्माणको लागत […]

बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल

काठमाडाैँ –  बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल, जिल्ला संघर्ष समिति कञ्चनपुरद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल गरेको छ । विहिबार संयोजक बहादुरसिँह महराले एक विज्ञप्ती जारी गर्दै आमभेलामा उपस्थित हुन अपिल गरेको छ । संघर्षका कार्यक्रम शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालय नजिक रहेको पीपल चौतारामा राखिएको छ । विज्ञप्तीमा नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साल […]

मनाङको नार र फु गाउँका बासिन्दा माइनस १५ डिग्रीको चिसो खेप्दै

हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ। कोरोना कहर नहुँदो हो त यो बेला नार र फूका अधिकांश […]

डिभिजन वन कार्यालय कञ्चनपुरमा तालाबन्दी, वन क्षेत्रमा लगाइएको बन्देज फुकुवा गर्न माग

डिभिजन वन कार्यालय कञ्चनपुरमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । मंगलबार बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल जिल्ला संघर्ष समिति कञ्चनपुरले विभिन्न मागहरु राख्दै तालाबन्दी गरेका हुन । वन जंगलमा प्रशस्त मात्रामा दाउरा हुदाहुदैँ पनि पछिल्लो समय स्थानीयहरुको चुलो समेत निभ्ने अवस्था रहेको र चाडवाड, ब्रतबन्ध, विवाह तथा अन्तेष्टि समेतका लागि दाउराको समस्या देखिएको छ । जनतालाई […]

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री ओलीलाई छाडेर प्रचण्ड–माधव नेपाल पक्षतिर लागे

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकायाले केपी ओलीलाई छाडेर प्रचण्ड–माधव नेपाल पक्षतिर लागेका छन् । उनीहरुको यो निर्णयबाट ४० सदस्सीय प्रदेशसभामा प्रचण्ड–नेपाल पक्षका सांसदको संख्या २१ पुगेको छ । यही अवस्थामा अविश्वास प्रस्ताव दर्ता भइहाले काँग्रेस र राप्रपाको समर्थन हुँदा पनि पारित हुने अवस्था देखिँदैन । कर्णालीमा ओली समूह […]

शुक्लाफाँटा युथ नेटवर्कद्वारा झलारी बजारमा रहेका असाहय मानिसहरुको उद्धार, साहारा घरमा बुझाईयो

मुकेशप्रसाद जोशी कञ्चनपुर – शुक्लाफाँटा युथ नेटवर्कले मानसिक सन्तुलन गुमाएर झलारी बजारमा रहेका मानिसहरुको उद्धार गरेको छ । शुक्रबार शुक्लाफाँटा युथ नेटवर्कले ती मानिसहरुको उद्धार गरेर साहारा घरको जिम्मा लगाएको हो । सडकमा रहेका असाहय मानिसहरुको उद्धारका लागि नेटवर्कले लामो समय देखि पहलकदमी गर्दै आएको थियो । उपहारखबरकर्मी तथा शुक्लाफाँटा युथ नेटवर्कका सदस्य मुकेशप्रसाद जोशीले […]

कञ्चनपुरको बगरमा उखुखेतीः प्रतिवर्ष दुई करोड बढीको बिक्री

कञ्चनपुर – नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई करोड बढीको उखु बिक्री गर्दै आएका छन् । पछिल्लो समय उनीहरुले ट्रेञ्च प्रविधिको प्रयोग गरी उखु रोप्दै आएका छन् । यस प्रविधिबाट गरिएको खेतीमा सिँचाइमा […]

जनताले काठ दाउरा पाउनुपर्ने माग राख्दै वन कार्यालयमा तालाबन्दी, अन्याय सहदैनौँ : अध्यक्ष महरा

काठमाडाैँ – जनताले काठ दाउरा पाउनुपर्ने माग राख्दै कञ्चनपुरको कञ्चनपुरको शुक्लाफाँटा सब डिभिजन वन कार्यालय कलुवापुरमा तालाबन्दी गरेको छ । आइतबार तीन सामुदायिक वनका अध्यक्षहरुले तालाबन्दी गरेको हुन् । वन जंगलमा प्रशस्त मात्रामा दाउरा हुदाहुदैँ पनि पछिल्लो समय स्थानीयहरुको चुलो समेत निभ्ने अवस्था रहेको र चाडवाड, ब्रतबन्ध, विवाह तथा अन्तेष्टि समेतका लागि दाउराको समस्या भएको […]

नौगाड गाउँपालिकामा ३ दिने पाठ्यक्रम कार्यशाला गोष्ठिको उद्घाटन, अध्यक्ष भन्नुहुन्छ ‘शिक्षामा देखिएका समस्या सामाधान गर्छौ’

दार्चुला – नौगाड गाउँपालिकाले ३ दिने आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम कार्यशाला गोष्ठीको उद्घघाटन गरेको छ । शनिबार गाउँपालिका भरिका ४३ वटा सामुदायिक विद्यालयबाट २/२ जना गरि जम्मा ८६ जना शिक्षक तथा शिक्षिकाहरुलाई कार्याशाला गोष्ठिमा सहभागि गराईएको हो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीले आगामी दिनमा सम्पुर्ण शिक्षक, वालविकास कार्यकर्ता […]

सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री आले

डोटी – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताउनु भएको छ । नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उहाँले जनताको चाहना र अपेक्षानुसार नेकपा एक एक जुट भएर अघि बढ्न सक्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले जन भावनाअनुसार काम गर्नुपर्ने छ, […]