सुदूरपश्चिममा ओली समुह कमजोर, ५ जिल्लामा पदाधिकारी विहिन (सूची सहित)

काठमाडाैँ – सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । सुदूरपश्चिमका ९ जिल्लाबाट पाँचजना मात्रै पदाधिकारी ओली समुहमा छन् । चार जिल्ला अध्यक्ष र एक सचिवमात्रै ओली समूहमा लागेका हुन् । ७६ वटै जिल्लामा पदाधिकारी रहेको प्रचण्ड र माधव समूह यो प्रदेशको एउटा जिल्लामा भने पदाधिकारीविहीन छ । बाजुराका अध्यक्ष कालीबहादुर शाही र सचिव […]

शैक्षिक संस्था सञ्चालनमा, फागुनमा वार्षिक परीक्षा सञ्चालन

हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा […]

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताए। “प्रदेश सरकार अब […]

कञ्चनपुरको बेदकोटमा पहिलो पटक डायग्नोस्टिक अस्पताल सञ्चालनमा

कञ्चनपुरको बेदकोट नगरपालिकामा पहिलो पटक डायग्नोस्टिक अस्पताल सञ्चालनमा आएको छ । बेदकोट नगरपालिका–१० दैजी बजारमा शिशिर पोलिक्लिनिक एवम् डायग्नोस्टिक सेन्टर स्थापना भएको हो । बुधवार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले अस्पतालको उद्धघाटन गरे l मनोज सिंह महराले नगरपालिकामा पहिलो पटक डायग्नोष्टिक अस्पताल सञ्चालनमा ल्याएका हुन् । यसबाट बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र डडेल्धुराको […]

सुदूरपश्चिममा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

डोटी – सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा […]

साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा गाडि गुड्ने काँठेपुल निर्माण

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाकाे–बडिमालिका नगरपालिकाले साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने जडाङ्गमा नदिमा गाडि गुड्ने काँठेपुल निर्माण गरेको छ । बेलिब्रिज निर्माणमा अलि ढिलाई हुने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मिमि टाटा, वाइक गुडने गरि काँठेपुल निर्माण गरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताएका छन् । मार्तडी सम्म यातायात सञ्चालन सँगै सामान ढुवानीमा सहजताका लागि काँठेपुल […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधारमन्त्री बोहरालाई पदबाट हटाए

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएका छन् । नेकपामा आएको विभाजनसँगै ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहका अनुसार मन्त्री बोहरालाई मुख्यमन्त्रीले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेका हुन् । उक्त मन्त्रालयको […]

हाब्रे व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड

इलाम, पुस १३ गते । यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो । माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन गाउँपालिकाले रेडपाण्डा नेटवर्कको सहकार्यमा यो काम गर्न लागेको हो । […]

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

काठमाडौँ, पुस १२ गते । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम […]

तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुर युवक मृत फेला

महेन्द्रनगर । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् । गत बिहीबार बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित खन्नेखोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । “मृतकको खोजीमा सल्फास नामक विष भेटिएको छ”, प्रवक्ता थापाले भन्नुभयो, “घटनाबारे थप […]