चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको काम अन्तिम चरणमा

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङखण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक १० मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो । कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्नेगरी […]

गैँडाको आक्रमणबाट एक घाइते 

 चितवन- पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा खैरहनी नगरपालिका–११ का ४५ वर्षीय फुलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तामाङलाई गैँडाले घर नजिकैको बारीमा आक्रमण गरेको हो । शुक्रबार राति गैँडाले आक्रमण गरेका उनीको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस

कानून निर्माणमा सरकारको ध्यान जानुपर्छ : उपसभामुख घर्ती

कर्णाली । कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले कानून निर्माणमा सरकारको आवश्यक ध्यान जानुपर्ने कुरा सुझाउनुभएको छ । नेपाल कानून समाज नागरिक संवाद केन्द्र कर्णाली प्रदेश तथा कर्णाली प्रदेश मामिला तथा विधायन समितिको संयुक्त आयोजनामा सरोकारवालाहरुसँग शुक्रबार भएको छलफल कार्यक्रममा उपसभामुख घर्तीले जनताको अपेक्षानुसार विकास तथा कानून निर्माण हुन नसकेको टिप्पणी गर्नुभयो । कानून निर्माणका लागि […]

आज काठमाडौँमा यस वर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो । अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना […]

बलात्कारका घटना भयावह : इलाममा चार वर्षमा ९० घटना

इलाम ।  समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ […]

भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार

कञ्चनपुर । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ । बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे गाउँपालिका–५ बस्ने २० वर्षीया गरी दुई युवतीको उद्धार गरेको हो […]

त्रिविले यसपटक हिउँदे बिदा नदिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिनुभयो । त्रिविले हिउँदे बिदा सधैँ नै यही पुस १५ […]

जाडो समयमा न्यानो कपडा बितरण

देवराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका ९मार्तडीमा रहेका केही ६० बर्ष भन्दा माथीका बृद्धबृद्धा तथा एकल महिलाहरुलाइ न्यानो कपडा बितरण गरिएको छ । अाउदै गरेकाे कृशमस डेको अबसरमा बाजुराका पादरी प्रमोद नेपालले र वडाअध्यक्ष बिनाेद कुमार बिकले सो न्यानो कपडा बितरण गरेका हुन । बडिमालिका नगरपालिका वडा न ९ का बृद्ध बृद्धा तथा […]

संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइने

देउखुरी । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा प्रशिक्षणलाई अनलाइन पद्धतिमा लैजाने योजना अघि सारेको छ । संस्कृत शिक्षालाई अनुसन्धान, अनुवाद, पाठ्यसामग्रीको लेखन, ग्रन्थ सम्पादन, पञ्चाङ्ग प्रकाशन, विदेशी विद्यार्थीका लागि शास्त्री ९स्नातक० तहको पठनपाठन सञ्चालन गर्न लागिएको छ । साथै योग […]

द्वन्द्वकालमा लुटिएको ३ किलो सुन भएन फिर्ता

द्वन्द्वकालमा सुरक्षाका लागि बैंकमा राखेका ३०० पोका (स्थानीयवासीको दाबीअनुसार तीन किलो) सुन बैंकबाटै लुटिएको घटनाको विस्तृत छानबिन नहुँदा प्रचौंडी क्षेत्रका स्थानीयवासी मर्कामा परेका छन् । द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैंक लिमिटेडको बैतडी प्रचौंडी शाखा २०५७ कात्तिक २२ गते जिल्ला सदरमुकाम बैतडी सरेको र सदरमुकाको सुरक्षित स्थानबाटै बैंक लुटिएपछि प्रचौंडी क्षेत्रका स्थानीयले राखेको सुन […]