नेपाल व्यापार संघद्वारा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना

काठमाडाैँ – नेपाल व्यापार संघले चाडपर्वहरुलाई लक्षित गरि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको खिचापोखरीमा रहेको घुइँचो रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान गरिएको हो । शुक्रबार आयोजना गरेको कार्यक्रमको अध्यक्षता नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल महर्षि बैदिक फाउण्डेशनका अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दिपक प्रसाद बास्कोटा रहुनभएको थियो ।

पाँचथरमा कृषि फार्म समेत सञ्चालन गर्दैँ आउनुभएको बास्कोटाले व्यापारीको हक हितका लागि सहकार्य गर्ने आश्वासन समेत दिनुभयो । साथै व्यापारी अग्रपंक्रिमा गएर बोल्न नसकेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफुले लिएर सरकार समक्ष व्यवसायीको कुराहरु राख्न आफु तयार भएको समेत बताउनुभयो । साथै बिराट यज्ञमा सहभागि हुन समेत सम्पूर्णलाई अपिल गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ता ऐनको बारेमा बोल्दै यो उपभोक्ताको हित बिपरीत भएको समेत बताएका थिए । उहाँले उपभोक्ताहरुलाई मारमा पार्ने यो ऐनको विपक्षमा रहेको समेत धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष मनोज बाबु श्रेष्ठले समेत शुभकामना व्यक्त गर्नुभयो । यसैगरी कार्यक्रम सञ्चालन नेपाल व्यापार महासंघका महासचिव दिपक सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा नेपाल व्यापार संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्