धादिङको थाक्रेमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं – धादिङको थाक्रेमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान मनकामना दर्शनका लागि जाँदै गर्दा करिब साढे १ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको हो । भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्