उपहार खबरका सम्पादक रामदत्त मिश्रको जीवनी

जन्म: रामदत्त मिश्रको जन्म विक्रम संवत २०५० साल श्रावण ३० गते दार्चुला जिल्लाको लेकम गाउँपालिका, वडा नं. ६, मेल्लाउँमा भएको हो। उहाँका बुवा गोविन्द मिश्र र आमा माहाना मिश्र हुनुहुन्छ। हाल उहाँको बसोबास शुक्लाफाँटा नगरपालिका वडा नं. ८ फुलेलीमा रहेको छ।

शिक्षा: उहाँले प्रारम्भिक शिक्षा श्री भैरबनाथ प्राथमिक विद्यालय श्रीपुर मेल्लाउँबाट प्रारम्भ गर्नुभयो र कक्षा पाँचसम्मको अध्ययन त्यहीँ सम्पन्न गर्नुभयो। त्यसपछि उहाँले श्री लटिनाथ माध्यमिक विद्यालय चन्दनपुर चौपातामा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्नुभयो। वि.सं. २०६५ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि, गणित विषयलाई मुख्य विषय बनाएर २०६८ सालमा प्लस टू उत्तीर्ण गर्नुभयो। उच्च शिक्षा हासिल गर्ने क्रममा उहाँले दार्चुला बहुमुखी क्याम्पसमा गणित विषयमा स्नातक तहको अध्ययन सुरु गर्नुभयो र पछि गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्थानान्तरण गरी वि.सं. २०७२ मा स्नातक तह उत्तीर्ण गर्नुभयो। कम्प्युटर शिक्षामा पनि उहाँले १८ महिनाको डिग्री अफ कम्प्युटर डिप्लोमा नीट इन्टरनेशनल प्रा.लि. बाट पूरा गर्नुभएको छ।

पेशागत यात्रा: उहाँले आफ्नो करियरको सुरुवात कम्प्युटर अध्यापनबाट गर्नुभयो। साथै, उहाँले दार्चुला निर्वाचन कार्यालयमा कम्प्युटर अपरेटरको रूपमा काम गर्नुभयो। सञ्चार क्षेत्रमा उहाँको प्रवेश स्टार मिडिया नेटवर्क प्रा.लि. मार्फत दृश्य सम्पादन (भिडियो एडिटिङ) बाट भयो। उहाँले टिभी टुडे नामक राष्ट्रिय टेलिभिजनमा लामो समयसम्म स्टेशन म्यानेजरको रूपमा काम गर्नुभयो। यस दौरान उहाँले विभिन्न प्रतिष्पर्धात्मक कार्यक्रममा भाग लिनुभयो र “म नागरिक समाज” द्वारा आयोजित कार्यक्रममा उत्कृष्टता हासिल गर्दै नगदसहित सम्मानित हुनुभयो।

उपहार मिडिया नेटवर्क: २०७४ साल श्रावणमा उहाँ लगायत उहाँको सक्रिय टीमले उपहार मिडिया नेटवर्क प्रा.लि. स्थापना गर्नुभयो र उपहार खबर अनलाइन पत्रिका सञ्चालनमा ल्याउनुभयो। सञ्चार माध्यमको क्षेत्रमा लामो समयसम्मको अनुभवलाई आधार बनाएर, उहाँले यस क्षेत्रमा थुप्रै सफलताहरू प्राप्त गर्नुभएको छ।

सिनेम्याटोग्राफी र निर्देशन: उहाँ हाल विभिन्न जिल्लाका स्थानीय तहहरूसँग मिलेर पर्यटन पूर्वाधार विकास, अन्य निर्माण परियोजनाहरूको वृत्तचित्र (डकुमेन्ट्री) निर्माणमा संलग्न हुनुहुन्छ। उहाँले थुप्रै वृत्तचित्रहरू निर्माण गरिसक्नुभएको छ, जसलाई नेपाल टेलिभिजनबाट प्रसारण गरिएको छ।

सम्मान र पुरस्कार:

  • “म नागरिक समाज” द्वारा आयोजित कार्यक्रममार्फत पचास हजार नगद, प्रमाणपत्र, र सम्मानपत्र
  • टिभी टुडे टेलिभिजनबाट २०७४ सालको “उत्कृष्ट कर्मचारी अफ द एयर” हुदैँ नगद, प्रमाणपत्र, र सम्मानपत्र
  • नेपाल व्यापार संघबाट २०७४ साल र २०७९ सालमा पत्रकारिता पुरस्कार
  • साँस्कृतिक समाज नेपालद्वारा सम्मानित
  • सुदूरपश्चिम समाज काठमाडाैँद्वारा पत्रकारितामा पुर्याएको योगदानको सम्मान गर्दैँ सम्मानित
  • विभिन्न स्कुलद्वारा शैक्षिक पत्रकारिता पुरस्कार

निष्कर्ष:

रामदत्त मिश्र नेपाली सञ्चार क्षेत्रका एक स्थापित व्यक्तित्व हुनुहुन्छ। उहाँले आफ्नो निरन्तर मेहनत र लगनशीलताका कारण पत्रकारिता, सञ्चार, र सिनेमा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्