काठमाडौँ । महालेखापरीक्षकमा नियुक्त तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो । रायालाई राष्ट्रपति पौडेलले आजै महालेखापरीक्षकमा नियुक्त गरेका थिए ।