गुल्मीमा आगलागिः एकै परिवारका एक जनाको मृत्यु तीन जना घाइते

गुल्मी – चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित बसपार्कमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो किराना पसलमा लागेको आगलागीमा परी खनाल स्टोर्सका सञ्चालक पूर्णबहादुर खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो । आगलागीमा परी एकै परिवारका तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हुनेमा ४५ वर्षीय पूर्णबहादुर खनाल, उनकी श्रीमती ४२ वर्षीया रुपा खनाल र उनका छोरा २१ वर्षीय सञ्जय खनाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । घाइतेलाई उपचारका लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्