इन्द्रावती गाउँपालिकाका एम्बुलेन्सहरुले निमोनियाका बिरामीलाई बोक्न मानेनन्

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सहरुले सिकिस्त निमोनिया भएको बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् ।

निमोनियाको कारण सिकिस्त बनेको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ पोखरेको गणेश रोक्कालाई भिम्टारको एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेको हो ।

गाउँपालिकाको तीन वटा एम्बुलेन्स मध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । बिरामी रोक्काले क्यान्सरको कारण एउटा हात पनि गुमाइसकेका छन् ।

एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य तिलक रोक्काले बताए ।

उनका अनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ सामग्री उपलब्ध गराउदा समेत एम्बुलेन्स चालकले अवज्ञा गरि बिरामी लैजान नमानेको हो ।

इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङले भिममटारको एम्बुलेन्सले नमानेको बडहरेको बनाउदै गरेको र नवलपुरबाट एम्बुलेन्स पठाएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्