युनिक नेपाल लघुवित्तकोे आज वार्षिक साधारण सभा, के के छन एजेण्डा ?

काठमाडौ – युनिक नेपाल लघुवित्तको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।  आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । युनिक नेपाल लघुवित्तको सभा कोहलपुर, न.पा–४, होटल सेन्ट्रल प्लाजा बाँकेमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्