सन्दीप लामिछानेले बलात्कार गरेको ठहर, कति वर्ष होला जेल सजाय ?

File Photo

काठमाडौं – जिल्ला अदालतले काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने गौशाला २६ लाई बालिग ठहर गरेको छ । तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी मानेका छन् ।

सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। इजलासले उनलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर करणी गरेको ठहर गरेको छ।  त्यस्तै पीडित नाबालिग भनिएको दाबी पनि अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको छ।

१८ वर्षभन्दा मुनिको भएमा सहमतिको सम्बन्ध पनि बलात्कार मानिने कानून छ भने १८ वर्षभन्दा माथिकोलाई जबरजस्ति करणी गरेमा बलात्कार मानिन्छ । सन्दीपले जबरजस्ति करणी गरेको न्यायाधीशले निष्कर्ष निकालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्