काठमाडौं – कोरिया जानका लागि इपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक युवकको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो । जसमा २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ ।
दैलेख स्थायी घर भएका उनी भक्तपुर बस्दै आएका राउतलाइ किस्ट अस्पतालमा उपचारका लागि लगिएको थियो । अचेत अवस्थामा अस्पताल लगिएका रातको उपचार सफल नभएपछि १ः१७ मा मृत घोषणा गरिएको थियो । राउतको छातिमा डाम देखिएको छ । यद्धपी प्रहरीको गोली लागेको देखिदैन ।
यस समाचारमा मृतक राउतको ठेगाना दैलेख हुनुपर्नेमा जुम्ला भएकाले सच्याइएको छ ।