१० वर्षदेखि टिकुलिया घाटको पुल अलपत्र, सांसद साह भन्छन्- नैतिक संकट परेँ

File Photo

रौतहट, १० पुस । राैतहटको गौर नगरपािलकाको टिकुलिया घाटमा १० वर्षदेखि अलपत्र पुल सोमबार अनुगमन गरिएकाे छ । रौतहट क्षेत्र नम्बर २ का सङ्घीय सांसद किरण साहले सो पुलकाे अनुगमन गरेको हुन । पुल अनुगमन गर्दै सांसद साहले देशको अर्थतन्त्र कमजोर भए पनि पुन निर्माण गर्न सदनदेखि सडकसम्म आवाज उठाउँदै आएको बताए । यो पुल नबन्दा आफ्नो नैतिक नै संकटमा परेको उनले जिकिर गरेका छन् ।

 

पुल निर्माणको लागि अमरण अनसनमा बसेका स्थानीय पत्रकार संजय सहनीको प्रतिबद्धता पूरा गर्न आफू रातदिन मेहनत गरेको र देशको अर्थतन्त्र कमजोर भएका कारण काममा ढिलाइ भएको सांसद साहले बताए । सांसद साहले सदरमुकाम गौर र ईशनाथ नगरपालिकाको बीचमा पर्ने लालबकैया पुल निमार्णका लागि पुरानो टेण्डर रद्द भइ नयाँ टेण्डरको प्रक्रियासमेत अगाडि बढेको जानकारी दिए । पुल चाँडो निर्माणका लागि आफू अर्थमन्त्रालयदेखि विभिन्न मन्त्रालयलाई घचघचाउने काम गरिरहेको बताएका छन् ।

 

रौतहट जिल्ला सुगम जिल्ला भए पनि सरकार र ठेकेदारको लापरबाहीका कारण समयमा पुल नबन्दा ईशनाथ नगरपालिकाका स्थानीयलाई सदरमुकाम आवतजावत गर्न वर्षायाममा डुंगा चढ्नुको विकल्प छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको सो पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले सकार गरे पनि ठेक्का पाएको १० वर्षमा पनि काम नसक्दा सम्बन्धित् निकायले साे सो ठेक्का रद्द गरेर नयाँ ठेक्का गरेको, तर श्रोतको सुनिश्चितता अहिलेसम्म नहुँदा काम सुरु हुन सकेको छैन ।

 

लाल बकैया नदीपारि पर्ने बन्जाराहा, औरैया, मठिया, डुमरीया, जोकहालगायतका स्थानहरुबाट सदरमुकाम गौर आउनजान स्थानीयलाई कठिन भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते सो पुल शिलान्यास गरेका थिए ।

 

२०७१ असारमा वीरगन्जस्थित पप्पु कन्स्ट्रक्सनले करिब १६ करोड ८६ लाख २७ हजार १५० रुपैयाँमा सकार गरेको पुल निर्माणको कामसमयमा सम्पन्न नगर्दा सर्वसाधारणलाई आवतजावतमा सास्ती भोग्नु परेको छ । पप्पु कन्स्ट्रक्सनले २०७४ असार २५ भित्रकाम सक्ने सम्झौता गरेपनि पटक पटक विभिन्न बहाना बनाउँदै काम अलपत्र बनाउदै म्याद मात्रै थप्ने काम गरेको थियो ।

 

पप्पुले काम नगर्ने भएपछि सडक डिभिजन कार्यालयले २०७९ जेठ ९ गते सो निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेर नयाँ ठेक्का जारी गर्‍याे । डिभिजन कार्यालयलले नयाँ ठेक्काको सूचना जारी गरेपछि श्री आजाद/दिपु एंण्ड कम्पनीले २०८१ चैत १ गतेसम्मपुल निर्माण सम्पन्न गर्ने गरी २०८० असोज ९ गते २७ करोड ६६ लाख ८ हजार १६७ रुपैयामा सम्झौता गरेको छ । तर, हालसम्म सो रकमको सुनिश्चितता अर्थ मन्त्रालयले नगर्दा पुल निर्माण कार्य सुरु हुन नसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरले जनाएकाे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्