गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

काठमाडौं, २० मंसिर । कतार र साउदी अरेबियाले गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न आह्वान गरेका छन् ।

 

कतार–साउदी समन्वय परिषद्को संयुक्त विज्ञप्तिमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गाजा पट्टीमा मानवीय विपत्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

 

उनीहरुले प्यालेस्टिनी क्षेत्रहरूमा सैन्य कारबाही रोक्न र अन्तर्राष्ट्रिय कानुन बमोजिम नागरिकहरूको सुरक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापन रोक्नको लागि इजरायलमा अन्तर्राष्ट्रिय दबाबको महत्त्वलाई पनि उनीहरुले जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्