काठमाडौं – काठमाडौं महानगरपालिका–११, सुन्धारामा एक जना नाबालिगको शव भेटिएको छ । श्रीगुरु गेस्ट हाउसमा बसेकी १७ वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।
ललितपुरको इमाडोल घर भएकी उनी करिब १५ दिनदेखि त्यतै बस्दै आइरहेकी थिइन । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीले विषको बट्टा पनि बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।