मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार बाँडफाँट भएको छ। जसमा ६२ हजार ११७ जना आवेदकले १० कित्ताका शेयर पाएका छन् भने दुइजनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीको आईपीओमा कुल १२ लाख ८२ हजार ८१९ जनाको आवेदन सदर भएकोमा १२ लाख २० हजार ७०२ जना आवेदकको हात खाली भएको छ। कम्पनीको आईपीओमा मागभन्दा २२.५५ गुणा बढी आवेदन परेको थियो।
कम्पनीले ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो । सो शेयर बुधबार बाँडफाँट गरिएको हो। उक्त शेयर नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन्।