काठमाडाैं – आज शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। आज प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।