हाम्रो विकास सहकारी संस्थाको पन्धौँ बार्षिक साधारसभा यहि शुक्रवार हुने

FILE PHOTO

काठमाडाैं – हाम्रो विकास सहकारी संस्था लिमिटेडको पन्धौँ बार्षिक साधारसभा यहि शुक्रवार हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको विशिष्ट आतिथ्यतामा खिचापोखरीको घुइँचो रेष्टुरेन्टमा कार्यक्रमको आयोजना हुने सहकारीका उपाध्यक्ष तेजप्रसाद आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा बार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, गत आर्थिक बर्षको लेखा परिक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिक बर्षको अनुमानित बजेत प्रस्तुत गरिने, लेखा समिति संयोजकको प्रतिवेदन पेश तथा पारित गर्ने, सेयर लाभांश वितरण गर्ने साथै आगामी आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने विषयमा छलफल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्