मोरङ, सुनवर्षी नगरपालिका–९ डाईनियास्थित मनिस ज्वेलर्सबाट सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रतुवामाई नगरपालिका–५ बस्ने २२ वर्षीय संजय पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ब्रिज लाल सोनारको उक्त ज्वेलर्सबाट शुक्रबार बिहान करिब ३ लाख ४७ हजार ८ सय ४० रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न पासवानलाई सुनवर्षी नगरपालिका–९ डाईनियाबाट पक्राउ गरेको हो । साथै उनको साथबाट फलामको रड २ थान, फलामको कैची र नियन्त्रित लागूऔषध नाईट्राभेट ३४ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।