काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सेप्टेम्बर तेस्रो हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो वा चौथो हप्ता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो ।
आज आइतवार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उहाँले छिमेकी देशसँगको सम्बन्ध अझ सुमधुर हुने विश्वास गर्नुभयाे ।
वर्तमान सरकार गठनपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फलदायी भएको उल्लेख गर्दै उहाँले त्यो भ्रमणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।