प्रधानमन्त्रीको राजीनामा चाहिन्छ : केपी ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्पष्टीकरण नभई राजीनामा नै चाहिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिँदै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता विपरीत अभिव्यक्ति दिएका कारण राजीनामा दिनुपर्ने बताएका हुन् ।

भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले पटक पटक भारत भ्रमण गरेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको अपमान भएको भन्दै एमालेले उनको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्