काठमाडौं – संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार अध्यक्ष पदमा भएको निर्वाचनमा सत्याल ६३ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी विष्णु क्षेत्रीले ४४ र तुलसी सापकोटाले २७ मत पाए ।
त्यस्तै उपाध्यक्षमा किरण दाहाल र सिर्जना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सविता शर्मा र कोषाध्यक्षमा अमुल थापा निर्वाचत भएका छन् । कार्यसमितिको सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना, मीरा बस्नेत र अन्जना लामिछाने चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।