जनउत्तरदायी हेलम्बु सरकार : सामाजिक विकासमा मात्रै आधा भन्दा बढी बजेट विनियोजन

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सामाजिक विकासमा मात्रै आधा भन्दा बढी बजे छुट्याएको छ ।
आर्थिक वर्ष २०८०/०८१का लागि गउँपालिकाले सामाजिक विकासमा ५७ प्रतिशत बजेट विनियोजन गरेको छ । यस्तै पूर्वाधार विकासमा २२ प्रतिशत, सुशासन र संस्थागत विकासमा १३ प्रतिशत, आर्थिक विकासमा ५ प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापनमा ३ प्रतिशत बजेट छुट्याएको छ ।
हेलम्बु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि त्रिपन्न करोड, तेइस लाख, अठासी हजार आठ सय ३२ रुपैँया ३३ पैसा बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाका अनुसार सामाजिक विकासको क्षेत्रमा सबै भन्दा बढी बजेट विनियोजन गर्ने सम्भवतः हेलम्बु गाउँपालिका देशभरीमै पहिलो गाउँपालिका हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्