काठमाडाैं – आगामी जेठ १ गतेदेखि केही समय मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । मर्मत तथा मुहान र हेडवक्समा केही उपकरण जडान गरिने भएकाले जेठ १ गतेदेखि दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा वितरण गरिएको थियो ।