दोहोरो नागरिकता लिएको भन्दै आफुमाथि लागेको आरोपबारे संसदमा दिलेन्द्र बडू

काठमाडाैं – दोहोरो नागरिकता लिएको भन्दै आफुमाथि लागेको आरोपबारे पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले संसदलाई जानकारी गराएको छ । सिन्धुली घर भएका युवराज पौडेल सफलले गृह मन्त्रालयमा उजुरी दिएको भन्ने समाचारमा आफ्नो समेत नाम भएकाले आपत्ती जनाएका छन् । बुधबार बसेको संसद बैठकमा बोल्दै सांसद बडूले प्रमाणित गर्न चुनौती दिनुका साथै तथ्यहिन समाचार छाप्ने सम्पादक अनि निवेदनकर्तालाई कारवाही गर्न माग गरे ।

उनले देशको स्वाभिमानमाथि समेत क्षति पुग्ने भन्दै यथाशिघ्र कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जना नाम उल्लेख गरिएको थियो । उदयपुरबाट प्रतिनिधि सभामा निर्वाचित डा. नारायण खड्काले दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो ।

उजुरीमा खड्कासहित उच्च पदस्थ १२ जनाको नेपाली नागरिकता र पिआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ । जसमा राजेन्द्र महतो, सरिता गिरी, सुजता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गङ्गा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा। स्वर्णिम वाग्ले, डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्