सिके राउतका कार्यकर्तालाई जसपाका युवा नेता दुर्गा सुवेदीले दिए चेतावनी

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् सदस्य दुर्गा सुवेदीले सिके राउतका कार्यकर्तालाई चेतावनी दिएका छन् ।
सिके राउतका कार्यकर्ताले पार्टीका नेता कार्यकर्ताबारे व्यक्तिगत रुपमा गाली गलौज र चरित्र हत्या गर्ने खालको सामाग्रीहरु सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोप्रति लक्षीत गर्दै उनले उक्त चेतावनी दिएका हुन् ।
सुवेदीले निर्वाचनको सम्मुखमा सिके राउतका कार्यकर्ताहरुबाट भइरहेका अवाञ्छीत गतिविधिहरुबाट सजग रहन र त्यसको सशक्त प्रतिवाद गर्न भनेका छन् । उनले निर्वाचनको समयमा जनतामाझ भ्रम फैलाउने गरी गतिविधि गर्नेहरुमाथि सम्बन्धित निकायले कारवाही गर्नुपर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्