काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई पठाएका छन् । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो ।
विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । यहाँ देव चन्द्रलाल कर्णलाई पठाइएको छ । एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका हंश राज पाण्डेलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुने भएका छन् ।