कोरोनाको स्थिति झन् भयावह बन्दै, इटालीमा एकै दिन ६८३ जनाको ज्यान गयो, अमेरिकामा एकैदिन १० हजार संक्रमित थपिए

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ ।

वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ ।

चीनपछि सबैभन्दा बढी प्रभावित इटालीमा चीनमा भन्दा दोब्बरभन्दा पनि बढी मानिसको ज्यान गइसकेको छ ।

त्यस्तै अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६५ हजार ७०० नाघेको छ ।

अमेरिकामा बुधबार मात्र १५५ जनाको भाइरसको कारण ज्यान गुमाएका थिए । यससँगै समग्र मृत्यु हुनेको संख्या पनि ९३५ पुगेको छ ।

इटालीपछि दोस्रो सबैभन्दा धेरै मानिसको ज्यान गएको स्पेनमा अहिलेसम्म ३ हजार ६०० भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् भने ४९ हजार ५०० भन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ६८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २१ हजार नाघेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्